कोरोना कहर : भारतमा बिहीवार कति थपिए संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म १० लाख ६६ हजार ८१९ जनाको मृत्यु भएको छ भने ३ करोड ६७ लाख ४४ हजार ३४९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ७६ लाख ६३ हजार ५५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६७ हजार ९५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा १ लाख ६ हजार ५२१ जनाको मृत्यु भएको छ भने ६९ लाख ३ हजार ८१२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५९ लाख ३ हजार २०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ९४ हजार ८४ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।भारतमा बिहीवार मात्रै ७० हजार ८२४ जना संक्रमित थपिएका छन् भने ९६७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?