काठमाडौं । सरकारसँग अनसनरत डा.गोविन्द केसीको माग यथाशीघ्र पूरा गरि जीवन रक्षाको माग गर्दै मानवअधिकार सञ्जालले धर्ना दिएको छ ।
आज दिउँसो २ बजेबाट १ घण्टा टिचिङ् अस्पतालमा सञ्जालले धर्ना दिएको सञ्जालका अध्यक्ष इन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

उनले भने, ‘अनसनरत डा.गोविन्द केसीको माग पूरा गरेर यथा शीघ्र जीवन रक्षाका लागि पहल गर्न सञ्जाल धर्नामा बसेको हो ।’

धर्नामा सञ्जालका अध्यक्ष इन्द्रप्रसाद अर्याल, सदस्य बद्री भुसाल, कल्याण पोखरेल, हरि तिमिल्सिना, विष्णु महत लगायतका मानव अधिकार कर्मी र विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया