अफगान शान्ति वार्ताका प्रमुखद्वारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

नयाँदिल्ली । अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

उनले यस भेटका क्रममा उक्त शान्ति वार्ताप्रति भारतको थप प्रतिबद्धताको याचना गरेको बताइएको छ । बताइए अनुसार उनी बुधवार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । सो कुरा भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिएका हुन् । उनले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, अफगानिस्तानको वर्तमान वार्ता टोलीका प्रमुख मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

सो भेटका क्रममा अब्दुल्लाहले हाल जारी रहेको भनिएको अफगानिस्तान सरकार र तालिबानीहरुका बीचको शान्ति वार्तामा भारतका तर्फबाट पनि प्रतिवद्धता खोजेको प्रवक्ता श्रीवास्तवले जानकारी दिएका छन्।

प्रमुख मध्यस्थकर्ता अब्दुल्लाहले बुधबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेटवार्ता गरेका थिए । सो कुराको जानकारी पनि प्रवक्ता श्रीवास्तवले आज नै ट्वीटमार्फत् गराएका छन् ।

बुधवार राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालसँगको भेट राम्रो भएको उहाँले आजका भारीय सञ्चारमाध्यमहरुलाई बताएका थिए । त्यस्तै आज प्रधानमन्त्री मोदीसँगको भेटवार्ता पनि अफगान शान्ति वार्तामा केन्द्रित भएको र सो शान्ति वार्तालाई के कसरी सफल बनाउने भन्ने बारेमा नै सो भेटवार्ता केन्द्रित भएको उनले बताएका छन् ।

केही हप्तायतादेखि कतारको दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ हिंसा गरिरहेका तालिबानी लडाकूका प्रतिनिधिहरुबीच वार्ता जारी रहेको बताइएको छ । सोही वार्तामा भारतको सहमति जुटाउनका लागि अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका अब्दुल्लाह अब्दुल्लाह आज भारतको भ्रमणमा गएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?