पोस्टमार्टमा गर्नुभन्दा कति घण्टा पहिला भएको थियो सुशान्तको मृत्यु ?

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु र पोस्टमार्टम रिपोर्टलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेका छन् ।

एम्स अस्पतालले उनको हत्या नभई आत्महत्या भएको बताएको छ ।

यसैबीच सुशान्त सिंह राजपूतको मृत्यु पछि पोस्टमार्टम कूपर अस्पतालले गरेको थियो । तर पोस्ट मार्टम रिपोर्टमा मृत्युको समय राखिएको थिएन ।

यसमा धेरैले समय किन भएन भनेर प्रश्न गरिरहेका थिए ।

मुम्बई पुलिसले अस्पतालसँग सोध्दा पोस्टमार्टम गर्ने डाक्टरले पोस्टमार्टम भन्दा १० १२ घण्टा पहिला उनको मृत्यु भएको बताएको छ ।

पोस्ट मार्टम १४ जूनमा राती साँढे ११ बजे भएको थियो । सुशान्तले १४ जूनमा बान्द्रास्थित घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?