रौतहट । १७ वर्षीया किशोरी रोबिना मन्सुरीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो ।
साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार हरेका छन् । उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया