रूपन्देही । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।
उनी जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत थिए ।
उनमा असोज १२ गते गरिएको पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया