कोरोना संक्रमित हुनु भगवानको आशिर्वाद भन्दै चीनलाई अमेरिकी राष्ट्रपतिले दिए चेतावनी !

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई फेरि एक पटक चेतावनी दिएका छन् ।

ट्रम्पले कोरोना महामारीका लागि चीनलाई फेरि जिम्मेवार ठहर्याउँदै चीनले संसारसामु जे पनि गरेको छ, त्यसको लागि महंगो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपटि ट्रम्प यसबेला आफू पनि कोरोना संक्रमित छन् ।

अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप (फोटो-AP)

देशलाई सम्बोधन गर्दै ट्रम्पले कोरोना महामारी चीनको गल्तीले विश्वमा फैलिएको र यसको मूल्य चीनले चुकाउनु पर्ने बताए ।

उनले भने, ‘यो अमेरिकाको गल्ती होइन चीनको हो, यसको मूल्य चीनलाई महंगो साबित हुनेछ ।’

साथै एक भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोना संक्रमित हुनु ईश्वरको आशिर्वाद भएको बताएका छन् ।

उनले भने, ‘मैले रेजनरोन औषधि सुनेको थिएँ, मानिसलाई लिनको लागि सल्लाह दिइएको थियो, यसको मेले पनि सेवन गरे, यो अविश्वसनिय थियो, यसले राम्रो काम गर्यो ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?