काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विश्वमा नै व्याप्त छ ।
हरेक दिन जसो ५ हजार भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भईरहेको छ भने २ लाख भन्दा धेरै संक्रमित थपिइरहेका छन् ।
यसैबीच जर्मनीमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै ७० वर्षमा पहिलो पटक नाइर कर्फ्यू लगाउने निर्णय गरेको छ ।
त्यहाँ शनिवार ११ बजेदेखि बिहान ६ बजेसम्म सबै बार तथा रेष्टुरेण्ट बन्द हुनेछन् । साथै दुई घरका ५ जना सदस्य भन्दा धेरै एकै ठाउँमा बस्न रोक लगाइने भएको छ ।
एकै ठाउँमा १० जना भन्दा धेरै बस्न नपाइने भएको छ ।साथै प्रइभेट पार्टीमा पनि रोक लगाइएको छ ।
बर्लिनमा यस हप्ता संक्रमित बढेसँगै यस्तो गर्न लागिएको हो ।
जर्मनीमा अहिलेसम्म ९ हजार ६५२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार ११३ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया