काठमाडौं । २५ हजार सक्रिय संक्रमितको संख्यामध्ये आधाबढी संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । त्यसमा पनि काठमाडौंमा मात्रै १२ हजार ५४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म १२१ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २७ हजार ३०२ पुगेको छ । यसैगरी हाल कोरोना निको हुनेको संख्या काठमाडौंमा १५ हजार १२७ रहेको छ ।
यसैगरी ललितपुरमा ३३ जना संक्रमितको मृत्यु हुँदा निको हुनेको संख्या १७३१ रहेको छ । हालसम्म ललितपुरमा कुल संक्रमितको संख्या ३६४५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८८१ जना रहेको छ।
यसैगरी भक्तपुरमा जम्मा २८०४ जना संक्रमित हुँदा निको हुनेको संख्या १६६८ रहेको छ भने अझैपनि सक्रिय संक्रमितको संख्या १०९४ रहेको छ । यसैगरी २४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया