काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास फेर्न गाह्रो भएमा, बेहोस होला जस्तो भएमा, पिसाव नभएमा वा कम भएको अवस्थामा मात्रै अस्पताल जान अनुरोध गरेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सामान्य रुघाखोकी र ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेकाले पनि अस्पतालको व्यवस्थापनमा समस्या भएको बताए ।
‘सामान्य रुघाखोकी, ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ । कुनैपनि बिरामीलाई स्वास फेर्न गाह्रो भएमा, बेहोस या होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जन अनुरोध छ’, गौतमले भने ।
उनले काठमाडौं उपत्यकामा अप्रत्यासित रुपमा संक्रमित थपिएको भन्दै उपचारमा चुनौती थपिएको प्रेस ब्रिफिङमा जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया