काठमाडौं । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएयता सरकारले गरेको नियमित र उद्धान उडानमार्फत हालसम्म ९५ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधवारसम्म ९५ हजार २७८ नेपाली स्वदेश फर्किएका छन् । नेपालीहरु विभिन्न ३२ देशबाट फर्किएका हुन् भने सबैभन्दा धेरै खाडी मुलुकमा कार्यरत नेपालीहरु रहेका छन् ।
केन्द्रका अनुसार बुधवारमात्रै कतार, युएई, मलेसिया, साउदी अरेबिया लगायतका देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया