बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै युथ अफ तुलसीपुरद्वारा प्रदर्शन

दाङ । युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधवार बिहान तुलसीपुरमा प्रदर्शन गरेको छ।

उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही ?’ लेखिएको ब्यानर बोकेका थिए।

बलात्कारीलाई कडाभन्दा कडा कानून नहुँदासम्म यस्ता बलात्कारका घटना दोहोरी रहने भन्दै उनीहरूले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग पनि गरेका छन्।

बलात्कारका घटनामा सरकार कडा रूपमा प्रस्तुत हुन नसकेको भन्दै व्यंग्य स्वरूप प्रदर्शनकारीले ‘ नेपालमा बलात्कार पनि हुन्छ र ? नाइँ मलाई थाहा छैन’ के नेपालमा राष्ट्रपति छ्न र ? भन्ने लेखेका प्लेकार्ड पनि बोकेका थिए।

मुख्य बजारको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिका अगाडि आएर र्‍याली कोणसभामा परिणत भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अरुण लहरेले बालिका बलात्कार र हत्यामा संलग्नलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरेका छ्न । त्यस्तै अर्का वक्ता आकाश भन्डारीले नेपालमा राष्ट्रपति महिला भएकोमा शंका उत्पन भएको आशंका रहेको बताए ।

त्यस्तै कार्यक्रमको समापन गर्दै युथ अफ तुल्सीपुरका अध्यक्ष बसन्त गिरीले भने, ‘कडाभन्दा कडा सजाय नहुँदासम्म यस्ता अमानवीय घटना दोहोरी रहन्छन्,’ । उनले थपे, संशोधन गरेरै भए पनि बालिका बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गरिनु पर्छ।’

कार्यक्रमपछि प्रदर्शनकारीले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा गएर ज्ञापनपत्र बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?