नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ ।
सरकारी अधिकारीहरुले बुधवार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कुल संक्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी कुल संक्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५।०२ प्रतिशत रहेको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ ।
भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् ।
प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया