काठमाडौं । ड्रग्स कनेक्शनमा मुछिएकी बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई हाईकोर्टले धरौटीमा छोड्न आदेश दिएको छ ।
त्यस्तै रियाका भाई शोविक र ड्रग कारोवारी बासित परिहारलाई भने कोर्टले रिजेक्ट गरेको छ । सुशान्तकी स्टाफ म्यानेजर स्यामुअल मिराण्डालाई पनि कोर्टले धरौटीमा छोड्न आदेश दिएको हो । रियालाई भने १ लाख धरौटीमा रिहा गरेको हो ।

रियाले पासपोर्ट जम्मा गर्नुपर्ने भएको छ । रियाले मुम्बईबाट बाहिर जानको लागि सोध्नु पर्ने हुन्छ । रियालाई एनसीबीले गत ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया