पछिल्लो समय चीनमा कोरोनाभाइरस संक्रमित न्यून रुपमा मात्रै देखिने गरेका छन् । चीनको जनजीवन सामान्य बन्दै गएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भइरहेका छन् । चीनले सुरुदेखि नै निकै मिहेनेतका साथ कोरोना नियन्त्रणमा काम गरेकाले अहिले त्यसको नतिजा देखिने थालेको छ ।
चीनको उहानमा नै सबैभन्दा पहिला कोरोना संक्रमण पुष्टि भएको थियो भने विस्तारै विश्वभर विस्तारित भएको थियो ।
चीनमा अहिले कोरोनाको त्रासबाट मुक्तहरु नागरिकको मुहारमा खुसीको चमक देखिन थालेको समाचारहरुमा जनाइएको छ ।
हुन पनि चीनमा कोरोना संक्रमितको संख्या ८५ हजार हाराहारीमा पुग्दा सक्रिय संक्रमित २१३ जना मात्रै छन् भने चीनभरी कोरोनाको त्रास छैन ।
अहिले कोरोना संक्रमितको हिसावले चीन ४७ औं स्थानमा छ । जबकी नेपालमा समेत चीनमा भन्दा धेरै अर्थात ९० हजार बढीमा कोरोना पुष्टि भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया