काठमाडौं । बितेको २४ घण्टामा नेपालमा १५५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । अन्य भने निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका साथै चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मुस्ताङ, रुकुम पूर्व, डोल्पा र मनाङमा भने संक्रमित छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया