ब्ल्याक होल र मिल्की वेको रहस्य बताउने अमेरिकाका तीन वैज्ञानिकले पाए फिजिक्सको नोबेल पुरस्कार

काठमाडौं । २०२० को भौतिक क्षेत्रका लागि नोबेल पुरस्कार रोजर पेनरोज, रीनहार्ड गेन्जेल र एन्ड्रिया गेजले पाएका छन् ।

रोजर पेनरोजलाई अल्बर्ट आइन्सटाइनको जनरल थ्योरी अफ रिलेटिभिटीको बारेमा अनुसन्धानबाट पत्ता लगाउनमा म्याथेमेटिकल मेथोड तयार गरेकोमा यो पुरस्कार दिइएको हो ।

त्यस्तै गेन्जेल र गेजलाई संयुक्त रुपमा ब्ल्याक होल र मिल्की वेको रहस्य बुझाएकोमा नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो ।

१९०१ बाट अहिलेसम्म ११३ पटक २१२ जनालाई फिजिक्समा नोबलले सम्मानित गरिएको छ । जोन बार्डीनलाई २ पटक यो पुरस्कार मिलेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?