काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भइरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच कोरोनाबाट संक्रमित भएकी एक महिलाको मृत्यु भएपछि उनको शव पोस्टमार्टमा हाउसमा राखिएको थियो ।
त्यहिँबाट उनको नाकमा लगाएको फुली र कानको मुन्द्रा चोरी भएको छ ।
यसको आरोप अस्पताल कर्मीहरुमा लगाईएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो आरोप उनका परिवारले लगाएका हुन् ।
मृतक महिला २८ सेप्टेम्बरमा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया