काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरका १० प्रतिशत मानिसमा कोभिड-१९ संक्रमण भइसकेको हुनसक्ने बताएको छ ।
सोमवार बसेको कार्यकारी बोर्डको बैठकमा विश्वभर १० जनामा कोरोना संक्रमण परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ । बैठकले हाल सार्वजनिक भएको तथ्यांक भन्दा विश्वभर २० प्रतिशत बढी संक्रमित हुनसक्ने समेत बताएको छ ।

डब्लृएचओको हेड अफ इमर्जेन्सी डा माइकल र्यानले विश्वका अधिकांश क्षेत्र अझै पनि कोरोनाको जोखिममा रहेको भन्दै संक्रमण अवस्था बढ्दै जाने देखिएको बताए । साथै, उनले उच्च सुरक्षा सतर्कता अपनाए संक्रमणलाई नियन्त्रण गरेर मृत्यु दर घटाउन सक्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया