डोनाल्ड ट्रम्प पछि ह्वाइट हाउसकी प्रेस सचिवलाई कोरोना संक्रमण

काठमाडौं । ह्वाइट हाउसमा लगातार कोरोना संक्रमणको केस आईरहेको छ ।

अमेरिकी राष्ट्रपत डोनाल्ड ट्रम्प पछि अब प्रेस सचिव क्याली म्याकइन्यानीलाई सोमवार कोरोना संक्रमण भएको छ ।

उनी ह्वाइट हाउसकी शीर्ष अधिकारी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएकी छन् ।

बिहीवार गरेको टेस्टमा रिपोर्ट नेगेटिम आएपनि सोमवार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?