नेपालमा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना रहेका छन् । कुल संक्रमित मध्ये ७३ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ७८१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २३ हजार ५०७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १२ हजार ३१६ जना र संस्थागत आईसोलेसनमा ११ हजार १९१ जना छन् । तिमध्ये २४४ जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ३३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् । कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५५४ जनाको मृत्यु भएको छ ।

हिजो (आईतवार) नेपालमा २ हजार २५३ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ३२९ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?