काठमाडौं । साइबर अपराधमा संलग्न रही फरार कुख्यात अभियुक्त पसल रोकायालाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको छ । आइतवार महानगरीय परिसर काठमाडौंको विशेष टोलीले इलामको नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याइ अनुसन्धान थालेको हो ।
उनले विशेष गरी नर्सिङ पेशामा आवद्ध व्यक्तिहरू निजको निशानामा पारी सिटिभिटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनी यौन दुर्व्यबहार तथा व्ल्याकमेल गर्ने गरेको समेत खुलेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
राठोरका अनुसार उनले उच्च पदस्थ व्यक्तिहरुको नामबाट फेक एकाउन्ट निर्माण गर्ने, आफ्नो चिनजान भएको जस्तै कुरा गरी मानिसहरुलाई प्रभावमा पारी ठगि गर्ने गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनले कर्णाली आवाज डटकम तथा कर्णाली एचडी फेसबुक पेज तथा युटुव च्यानलमार्फत भ्रामक समाचार समेत सम्प्रेशण गरी गलत सन्देश प्रवाह गरी मानिसहरुलाई दुख दिने गरेको समेत खुल्न आएको छ ।
प्रहरीले उनले गरेका विविध अपराधका घटनाहरु सार्वजनिक गर्दै भनेको छ, “पसल रोकायले सामाजिक संजालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य संजालमा नक्कली आईडी खडा गरी उक्त व्यक्तिहरुको नाम तथा फोटो प्रयोग गरी सामाजिक आईडीहरुबाट जागिर लगाईदिन्छु , लोकसेवा परिक्षा पास गराईदिन्छु, नर्सिङकाउन्सिलको परिक्षामा नाम निकालिदिन्छु भनि रकमको वार्गेनिङ गरेको जस्तो देखिने दुवै तर्फको च्याट आफैले गरी उक्त च्याटको स्कृन सर्ट गरी दर्ता नगरी आफैले सञ्चालन गरेको कणार्ली आवाज नामको न्यूज पोर्टल र कर्णाली आवाज नामको यूट्युब च्यानलबाट समाचार बनाई प्रशारण गरी पिडितहरुको चरित्र हत्या गरेको ।”
त्यतिमात्र नभएर उनले पिडितलाई सिटिभिटीको परिक्षामा पास गराईदिन्छु भनी ७०,००० रकम ठगी गरेको निबेदन प्राप्तभई अनुसन्धान कार्य अझै जारी रहेको छ ।
रोकायाले पिडितको श्रीमतीसँग विवाह हुनभन्दा अगाडी मसँग विभिन्न सम्बन्ध रहेको भन्दै श्रीमती भगाई दिन्छु भनी अपशब्द लेखी फोटो समेत राखी पोष्ट गरी चरित्रहत्या गरेकोमा जाहेरीदरखास्त परि पक्राउ गरी अनुसन्धान गरीएको समेत प्रहरीले जनाएको छ ।
रोकायाले विभिन्न ठाउँमा जारी लगाइदिन्छु भन्दै मोटो रकम असुल लगायतका कसुर गरी फरार उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया