चीनको जिलिन प्रान्तमा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं । चीनमा आईतवार एक भीषण सडक दुर्घटना भएको छ । यस दर्दनाक घटनामा १८ जनाको मृत्यु भएको हो ।

एक अन्य भने घाईते भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जिलिन प्रान्तमा यो दुर्घटना भएको हो ।

जिलीनको फुयू शहरमा एक ट्रक र एक ट्याक्टर ठोक्किएका थिए । ट्रकले पछाडीबाट ट्याक्टरलाई धक्का दिएको थियो ।

त्यसपछि अनियन्त्रित भएर ट्याक्टरले अर्को भ्यानलाई ठक्कर दिएको थियो । सरकारले अहिले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?