काठमाडौं । स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाले बराबरी खेल खेलेको छ । आईतवार राति भएको खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दै सेभियासँग अंक बाँडेको हो ।

सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । खेलको १० औं मिनेटमा बार्सिलोना फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । सेभिया समेत ७ अंक सहित छैटौं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया