भरतर । सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।
उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए ।
चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका – ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया