काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडसँग बराबरी खेल खेलेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो ।

खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया