फ्रान्समा १२ घण्टामै १ वर्षको जति वर्षा, ९ जना बेपत्ता

काठमाडौं । फ्रान्सको नाइस शहरस्थित पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण बाढीमा नौ जना बेपत्ता भएका छन् ।

रिपोर्टका अनुसार आल्प्स मेरिटाइम्स क्षेत्रमा १२ घण्टामै एक वर्ष बराबरको जति नै पानी परेको छ ।

जसका कारण सडक, घर र पुलमा नोक्शान धेरै भएको छ । नाइसका मेयर क्रिश्चियन एस्टोर्सीले १०० भन्दा धेरै घर बाढीले भत्काएको छ ।

वर्षा १९.७ इन्च भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?