काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा १० लाख ३७ हजार ९४१ जनाको मृत्यु भएको छ भने ३ करोड ५१ लाख २७ हजार ६७१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ६१ लाख २१ हजार ८७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ भने ७६ लाख ८४६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४८ लाख १८ हजार ५०९ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६८ हजार ६० जना उपचाररत छन् । त्यस्तै १४ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ११९ जनाको मृत्यु भएको छ भने ८ लाख २९ हजार ७४४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १६ हजार ४८० जनाको मृत्यु भएको छ भने ८ लाख २ हजार १८० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा १४ हजार ६४० जनाको मृत्यु भएको छ भने ७ लाख १४ हजार ५९१ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार मात्रै ४८ हजार ९२५ जना संक्रमित थपिएका छन् भने ७५५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया