वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
उनका चिकित्सक डा.केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले शुक्रवार जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन्।
डा.केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्–बाइडेन र उनका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन ।
डा. केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन् – मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।
यसअघि गत बिहीवार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो ।
त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया