काठमाडौं । कोरोना भाइरकसो महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच फ्रान्समा कोरोनाको दोश्रो लहर कन्ट्रोल गर्न गाह्रो भएको छ । शुक्रवार त्यहाँ १२ हजार १४८ भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
बिहीवार भने त्इहाँ १३ हजार ९७० जना संक्रमित थपिएका थिए । दुई हप्तामा त्यहाँ २ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै कोलम्बियाको राजधानी बोगाटामा संक्रमणको दोश्रो लहरको खतरा बढेको छ ।
त्यहाँ अन्य शहरको तुलनामा धेरै घातक साबित भएको छ । कोलम्बियामा ५ महिना यता लकडाउन छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया