काठमाडौं । अफगानिस्तान सरकारप्रति पाकिस्तानको पहिलाको सरकारले गल्ती गरेको पाकिस्तानले स्विकार गरेको छ ।
अब भने अफगानिस्तानविरुद्ध यो गल्ती नदोहोर्याउने पाकिस्तानले बताएको छ ।
टोलो न्यूजको रिपोर्टका अनुसारअनुसार पाकिस्तानी नेतृत्वले गल्ती नदोहोर्याउने भन्दै राष्ट्रिय मेलमिलाप काउन्सिलका अफगानिस्तानका अध्यक्ष अब्दुल्ला अब्दुल्लाको नेतृत्वमा अफगानिस्तानमा भ्रमण गरेका थिए ।
यात्राका लागि अब्दुल्लासँग गएका पाकिस्तानी राष्ट्रपति घनीका विशेष दूत मोहम्मद उमर दौडजईले पाकिस्तान अफगानिस्तानमा युद्धबिरामको बारेमा स्पष्ट नभएको बताएका थिए ।
यसमा पाकिस्तानी राष्ट्रपतिले आफ्नो धारणा राख्दै आफ्नो भनाई विगतमा गल्ती भएको स्विकारेका हुन् । उनले भने, पहिला गल्ती भनेँ, ‘अब हामी त्यसलाई दोहोर्याउने छैनौँ, अफगानिस्तानमा शान्ति भनेको पाकिस्तानमा पनि शान्ति हो, अफगानिस्तानमा सुरक्षा भनेको पाकिस्तानमा सुरक्षा हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया