काठमाडौं । कोरोना भाइरस मानिसको शरीरभित्र बाहेकको सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने सम्भावना रहेको हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न पनि सुझाएकी छिन् ।
विश्व स्वास्थ संगठनले गरेको विभिन्न अनुसन्धानबाट देखिएको नतिजा अनुसार मुख्यतः कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा हावाको माध्यमबाट सर्ने गर्दछ तर त्यस बाहेक पनि विभिन्न वस्तु तथा स्थानमा कोरोना भाइरस जिवित रहने गरेको छ । मानिसको भित्रि शरिरमा नाक, मुख र आखाँबाट कोरोना भाइरस प्रवेश नभएसम्म यो भाइरस जिवित रहेता पनि सक्रिय भने हुँदैन ।
विश्व स्वास्थ संगठनले गरेको अनुसन्धान अनुसार हाम्रो दैनिक जिवनमा प्रयोग हुने कुन कुन वस्तुमा कति सम्म भाइरस जिवित रहन सक्छ त ?
मेटल
जस्तै : ढोकाका ह्यान्डल, गरगहना ,सुनचाँदी आदिमा ५ दिन सम्म यो भाइरस जिवित रहन सक्छ ।
काठ
जस्तै : फर्निचर, टेबल, कुर्ची आदिमा ४ दिनसम्म यो भाइरस जिवित रहन सक्छ ।
प्लाष्टिक
जस्तै : दुधको प्याकेट, बोतल एटिएम कार्ड,बसको सिट आदिमा यो भाइरस २ देखि ३ दिनसम्म जिवित रहन सक्छ ।
स्टेनलेस स्टील
जस्तै : र्फिज, खाना पकाउने भाँडा, मोबाइलको पछाडिको भाग, पानीका बोतल आदिमा पनि २ देखि ३ दिन सम्म यो भाइरस जिवित रहन सक्छ ।
कार्डबोर्ड
जस्तै : सिपिङ बक्स,दप्ती आदिमा २४ घण्टा सम्म यो भाइरस जिवित रहन सक्छ
कपर
जस्तै : सिक्का पैसा, खाना पकाउने भाँडा, चिया पकाउने कित्ली आदीमा ४ घण्टा सम्म यो भाइरस जिवित रहन सकछ ।
आल्मुनियम
जस्तै : क्यान भाँडा, टिनफोयल, बोतल आदिमा २ देखि ८ घण्टासम्म यो भाइरस जिवित रहन सकछ ।
ग्लास
जस्तै : पिउने ग्लास, झयाल, शिशा ,ऐना आदिमा ५ दिनसम्म यो भाइरस जिवित रहन सक्छ ।
सेरामिक्स
जस्तै : भाँडाकुँडा, पोर्टरी आदिमा ५ दिनसम्म यो भाइरस जिवित रहन सक्छन् ।
पेपर
जस्तै : कागजी नोट, पत्रिका, किताब आदिमा यो भाइरस ५ दिन सम्म जिवित रहन सकछन् ।
खाना
जस्तै : खानेकुरा बाट यो भाइरस सर्छ भन्ने अहिलेसम्म पुष्टि भएको छैन्
पानी
जस्तै : पिउनेपानीमा पनि अहिलेसम्म यो भाइरस भेटिएको छैन् । खानेपानी प्रशोधित हुने भएकोले सबै खाले किटनाशकबाट यो सुरक्षित रहेको हालसम्मको अध्यनले देखाएको छ ।
फ्यावरिक
जस्तै : लत्ता कपडा, आदिमा भाइरस कतिसम्म जिवित रहन्छ भन्ने धेरै प्रमाण नरहेको तर अन्य स्थानभन्दा कमै समय रहने विश्व स्वास्थय संगठनको प्रक्षपण रहेको छ ।
जुत्ता
जस्तै : चिनियाँ स्वास्थ्य संस्थामा गरिएको एक अनुसन्धानका अनुसार आइसियुमा काम गर्ने आधा स्वास्थकर्मीको जुत्तामा कोरोना भाइरसको न्युकिल्य एसिडको प्रमाण भेटाइएको थियो । तर यो तत्वबाट भाइरसको संक्रमण फैलिन्छ भन्ने अझै एकिन भने भइसकेको छैन् ।
छाला र कपाल
जस्तै : हालसम्म कोरोना भाइरस छाला र कपालमा कति समय बस्छ भन्ने यकिन तथयाङ्क रहेको छैन् । तर रुघाखोकिको राइनो भाइरस घण्टै सम्म रहने भएकोले र हात अन्य जोखिमपूर्ण चिजहरु छुने भएकोले समयसमयमा पटक पटक हात धुन विश्व स्वास्थ संगठनले आग्रह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया