आर्सनलको जितमा लिभरपुल स्तब्ध

काठमाडौं । कारबाओ कप फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । बिहिबार राति भएको चौथो चरणको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

जितसँगै आर्सनल कारबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई ५–४ गोल अन्तरले पराजित गर्‍यो ।

आर्सनलका लागि बर्नड लेनोले दुई पेनाल्टी बचाएका थिए । अब आर्सनलले सेमिफाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलले प्रिमियर लिग फुटबलमा आईतबार एस्टन भिल्लासँग भिड्नेछ भने आर्सनल सेफिल्ड युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?