च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक : बार्सिलोना र युभेन्टस एउटै समूहमा !

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक भएको छ ।

युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

यूईएफएले निकालेको ‘ड्र’ अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।

बार्सिलोना र युभेन्टस एकै समूहमा परेका छन् ।

समूह ‘जी’ मा बार्सिलोना र युभेन्टससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।

बायर्न म्युनिख भने समूह ‘ए’ मा रहेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन् ।

समूह ‘बी’ मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् ।

समूह ‘सी’ मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहेका छन् ।

समूह ‘डी’ मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।

समूह ‘इ’ मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस रहेका छन् ।

समूह ‘एफ’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।

यस्तै समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?