आईपीएलमा आज चेन्नई र हैदराबाद भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १४ औँ म्याचमा आज चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्द्धा हुँदैछ ।

पछिल्ला दुई म्याचमा हार व्यहोरेको महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई आज जसरी पनि जित निकाल्ने दाउमा रहेको छ ।

त्यस्तै हैदराबाद पनि जित निकाल्ने सोचमा छ । पछिल्ला ६ म्याचमा चेन्नईसँग हैदराबाद ५ म्याचमा पराजित भएको छ ।

आज टीमबाट बाहिर रहेका अम्बाती रायडू र ड्वेन ब्रावोलाई टीममा फर्किने अवसर मिल्ने देखिएको छ ।

शुरुवाती दुई म्याच हारेको हैदराबादले पछिल्लो म्याचमा दिल्लीलाई हराएको थियो । आज भने चेन्नईलाई पराजित गर्दै दोश्रो जितको खोजीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?