काठमाडौं । रोहित शर्माको शानदार अर्धशतक र अन्तिम ओभरमा किरन पोलार्ड र हार्दिक पाण्डेको बिस्फोटक ब्याटिङमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जावलाई ४८ रनले पराजित गरेको छ ।
यसका साथै मुम्बईको टीमले आईपीएलको सीजन १३ को प्वाइन्ट टेबलमा नम्बर एक स्थानमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया