अफगानिस्तानमा भएको दुर्घटनामा १० जनाको मृत्यु

काबुल । अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ ।

बिहीवार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त राजमार्गमा बिहीवार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको बताएका हुन् ।

प्रवक्ता जिलानी फराहादले बिहीवार बिहान हेरात प्रान्तको पश्चिमी सडकमा सो दुर्घटना भएको जानकारी दिए । उनले सो प्रान्तको दादर्सन जिल्लाको तपाखाई भन्ने स्थानमा सो दुर्घटना भएको बताए।

उक्त सडकमा गुडिरहेको बस र विपरीत दिशाबाट आएको अर्को सवारी साधन ठोक्किँदा त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । सो यात्रामा रहेका पाँच पुरुष, तीन महिला र दुई बालबालिकाको ज्यान गएको बसमा रहेका केही यात्रु घाइते भएका पनि समाचारमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?