एचआईभीबाट ठीक हुने संसारकै पहिलो व्यक्तिको निधन

काठमाडौं । द बर्लिन पेशेन्ट नामबाट चर्चा कमाएका अमेरिकाको क्यालिफोर्नियास्थित स्प्रिन्ग्स शहरमा बस्ने टिमोथी रे ब्राउनको निधन भएको छ ।

उनको ५४ वर्षको उमेरमा आज निधन भएको हो ।

उनी एचआईभी संक्रमण जस्तो घातक रोगबाट निको हुने संसारकै पहिलो व्यक्ति समेत हुन् ।

ब्राउनकी पार्टनर टिम होफगनले सामाजिक सञ्जालमा यसको बारेमा जानकारी दिएकी हुन् । उनको मृत्यु क्यानसरका कारण भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?