जम्मू-कश्मीर : पाकिस्तान र भारतीय सैनिकबीच गोलाबारी, एकको मृत्यु

काठमाडौं । भारत र पाकिस्तानी सैनिकको बीच जम्मू-कश्मिरमा भएको गोलाबारीमा एक भारतीय सैनिकको निधन भएको छ ।

बुधवार राती पाकिस्तान र भारतीय सैनिकबीचमा जम्मू-कश्मिरको पुन्छ जिल्लास्थित कृष्णा घाटीमा गोलाबारी भएको थियो ।

गोलाबारीमा परि भारतीय सैनिक लेन्स नायक कर्नेल सिंहको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एक अन्य जवान घाईते भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?