काठमाडौं – नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरीद बिक्री सम्झौता भएसँगै अब मनकामना दर्शन गर्न जाँदा मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त गर्न सकिने भएको छ ।
कोरोना महामारीको सन्त्रासका बीच सावधानी अपनाउँदै विभिन्न सेवाहरु सुचारु भईरहेको सन्दर्भमा भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको हो ।
अब मोबाईलमा भएको ई–टिकट देखाई यात्रा गर्न सकिनेछ । मनकामना केबुलकार हाल कोरोनाभाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । (फाईल फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया