पेप्सीकोलामा ग्याँस सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते, बालकको अनुहार जल्यो

काठमाडौं – काठमाडौंको पेप्सीकोलाको एउटा घरमा आज दिउँसो ग्याँस सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका छन्।

कागेश्वरी मनोहरा नगरपालिका – ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा डेरा गरी बसेका व्यक्रिको कोठामा रहेको ग्याँस लिक भएकोजस्तो आवाज आएपछि रेगुलेटर बन्द गर्न गएका बेला सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका हुन् ।

घटनामा घाइते भएकामध्ये १ जना १२ वर्षीय बालकको अनुहार जलेका कारण उनलाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

अन्य ४ जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । (सांकेतिक तस्वीर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?