लकडाउन अवधिको विद्युत महशुल जरिवाना छुटको माग राख्दै सांसदले दिए धर्ना

वीरगञ्ज । लकडाउन अवधिको विधुत महशुल जरिवाना छुटको माग राख्दै नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडी धर्ना एवम विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटीको अगुवाईमा संघिय सांसद प्रदिप यादव सहित प्रदेश सांसद जन्नत अंसारी लगाएत नेता कार्यकर्ताले वितरण केन्द्रको मुख्य गेटमा १ घण्टा धर्ना दिनुको साथै विरोध प्रदर्शन समेत गरिएको हो ।

लकडाउन अवधिभरको विधुत महशुल बढी लिन नपाइने भन्दै धर्ना एवम विरोध प्रदर्शन गरिएको प्रतिनिधिसभा सदस्य प्रदिप यादवले बताए । सांसद यादवले लकडाउन समयमा जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्न, लोडसेडिगंको अन्त्य गर्न र उचित पार्किगंको व्यवस्था गर्नु पर्ने माग सहित धर्ना दिइएको बताए ।

धर्ना पछि वितरण केन्द्र प्रमुखलाई भेटेर यथा सिघ्र यो समस्याहरुको समाधान गरिएन भने बिलिंग शाखामा तालाबन्दी समेत गर्ने चेतावनी दिएको जानकारी दिए।

लकडाउन र निषेज्ञाका कारण घर बाहिर निस्कीन बन्देज लगाएको समयमाल विद्युत प्राधिकरणले जरिवाना थपेर विद्युतको महसुल तिर्न लगाएपछि उपभोक्ताहरु मर्कामा परेका छन ।

लकडाउन र निषेज्ञाका बेला प्राधिकरणका कर्मचारी आफैँ मिटरको रिडिगं गर्न समेत नआएको प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् ।

विरोध प्रदर्शनमा संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अंसारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला समन्वय समितीका सभापति नेकमहमद अंसारी, जिल्ला सचिव तबरेज अहमद, नेता पुरुषोत्तम लाल झा, वडा अध्यक्ष तुफन अंसारी, रामदरश प्रसाद कुशवाहा, इश्वर चन्द यादव लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?