व्यवसायी बर्माको शव फेला

चन्द्रौटा । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ ।

उनी गत शनिवार साँझ घरबाट घुम्नभनी निस्किएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेका जानकारी दिए ।

उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?