काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणसँग जोडिएको ड्रग्स एंगल्समा एनसीबीले अब अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रीत सिंहको बैंक खाताको जाँच गर्ने भएको छ ।
यी एक्ट्रेससँग एनसीबीले ड्रग्सको केसबारे सोधपुछ गरिसकेको छ । साथै ह्वाट्सएप च्याटको बारेमा पनि सोधपुछ गरेको छ ।
चारै जना एक्ट्रेसका बितेका ३ वर्षमा क्रेडिट कार्ड्सबाट निकालिएको पेमेन्टको जाँच गरिने भएको हो ।
साथै भारतीय सञ्चारमाध्यमका अनुसार अब बलिउडका केहि प्रोड्यूसर र ७ ठूला अभिनेतासँग पनि सोघपुछ गरिने भएको छ ।
अभिनेताको नाम भने खुलाइएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया