पुनर्वासमा वडा कार्यालय भवन निर्माणमा ‘रश्मि बिल्डर्स’को बदमासी !

किशोर तमाङ्ग । पुनर्वास। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा वडा कार्यालयको भवन निर्माणमा ठेकेदार कम्पनीले सम्झौता विपरीत कमसल ईटा प्रयोग गरेको पाइएको छ।

नगरपालिकाको प्रस्तावित बजेटबाट निर्माणको जिम्मा पाएका रश्मि बिल्डर्स कम्पनीले पुनर्वास नगरपालिका वार्ड नं ९ को वडा कार्यालयको भवन निर्माण गर्दा कमसल ईटा प्रयोग भए पछि स्थानीयले निर्माण कार्यमा अवरोध गरेका हुन ।

निर्माणका लागि जिम्मा पाएको रश्मि बिल्डर्स प्रा लिले एक नम्बर ईटा प्रयोग गर्नु पर्नेमा कमसल जातको पीला ३ नं। ईटा प्रयोग गरी बदमासी गरेको स्थानियको आरोप छ ।

भवन निर्माणमा ठेकेदारले ईट्टा बालु ढुङ्गा आफै न ल्याई प्रविधिकलाई जिम्मा दिनुले पनि आन्तरिक साँठगाँठ र मिलोमतोमा आर्थिक चलखेल र भष्टचार रहेको श्रोतको दावि छ। ठेकेदार र प्रविधिक मिलेर भ्रष्टाचार गरिएको आरोप स्थानियहरुले यतिखेर लगाइरहेका छन् ।

कमसल ईट्टा आएको भन्ने थाहा पाउदा पाउदै ठेकेदार कम्पनी, ईन्जिनियर र प्राबिधिकले भवनको जगमा जस्तो सुकै ईटा प्रयोग गरेपनि काम चल्छ भने पछि सोहि कमसल ईटा प्रयोग गरिएको साईड ईन्चार्ज चौधरी बताउँछन्।

प्रयोग भईसकेको कमसल ईटा तोड्नु पर्ने र निर्माण कम्पनीलाई कार्बाहि गरिनु पर्ने, जिम्मा पाएको रश्मि बिल्डर्स प्रालि सँग सम्झौता रद्द गरेर राम्रो ईमान्दार निर्माण कम्पनिलाई निर्माणको जिम्मा दिनु पर्ने माग स्थानीयहरुले नगरप्रमुख समक्ष राखेका छन ।

पुनर्वास नगरपालिका वार्ड नम्बर ९ को वडा कार्यालय निर्माणका लागि नगरपालिकाको प्रस्तावित बजेट १ करोड ३२ लाख रकमको योजना भिमदत्त नगरपालिका कञ्चनपुर स्थित रश्मि बिल्डर्स कम्पनिले बिलोमा गई ८९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने भनी जिम्मा पाएको थियो । आयोजनाको सम्झौता २०७७ असाढ २९ गते भएको र आयोजना सम्पन्न २०७८ असाढको १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने भनी सम्झौता गरेको थियो ।

वडा कार्यालयले दिनहु कामको निगरानी गरेको भएता पनि निर्माण कम्पनीले कमसलको ईटा ल्याएको आफूलाई जानकारी नभएको वडाध्यक्ष बताउछन । कमसल ईटालाई फिर्ता पठाएर राम्रो ईटा ल्याउने र मापदण्ड र सम्झौता अनुसारको पुनस् निर्माणको काम सुचारू गरिने वडाध्यक्ष नारायण प्रासदा जैशीले बताउँछन।

निर्माण कम्पनिले १ नं २ नं र ३ नं ईटा मिसाएर प्रयोग गरिएको नगरपालिकाका नगरप्रमुख जीवन राज थापा स्विकारेका छन् । मापदण्ड विपरित निर्माण कम्पनिले कमसल ईटा प्रयोग गरेको छ ।

ठेकेदार प्राविधिकलाई छानबिन गरीने र दोषी देखिए कार्बाहि प्रकृया अघि बढाईने नगर प्रमुख बताउछन यसलाई तुरून्त भत्काउन लगाउने र मापदण्ड अनुसारको सामाग्री प्रयोग गरि पुनः निर्माण काम शुरू गरिने नगर प्रमुख जीवन राज थापा बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?