घिमिरेलाई एक लाख रुपैयाँको समाजसेवा पुरस्कार

गण्डकी । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख एक हजार रुपैयाँ राशीको पुरस्कारबाट महिला बेचबिखन विरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत चार दशक यता निरन्तर क्रियाशिल घिमिरेको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

पुरस्कारबाट प्रथम पटक २०७३ सालमा बरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी र दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजलाई प्रदान गरिएको थियो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमवहादुर प्रधानबाट स्थापित तथा समितिबाट सञ्चालित पुरस्कारको अक्षयकोष १५ लाख रुपैयाँको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?