नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ ।

ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो ।
‘व्यवसायीले नेपाली मान्छेलाई मोहरा बनाएका छन् । केही व्यक्ति स्वदेशमा छैनन् भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाईंले भने, ‘ऐनले नै प्रहरीको सहयोग लिनुपर्ने भनेको छ । त्यही भएर सीआईबीलाई पत्र पठाएका छौं ।’

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर बजारमा कारोबार गर्नेहरू छ्यापछ्याप्ती छन् । प्रतिबन्धित नेटवर्किङबारे विभागमा दर्जनौं उजुरी परिसकेका छन् । ऐनको दफा ३९ मा अनुसन्धान र दायराको सन्दर्भमा सजाय र कसुर हुनेसम्बन्धी मुद्दाको अनुसन्धान निरीक्षण अधिकृतले गर्ने भनिएको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?