विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४६ पुग्यो, मृतको संख्या अझै बढ्ने

काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दिउँसो दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।३१ जनाको उद्दार गरिएकोमध्ये ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?