काठमाडौं । लेखक सञ्जीव उप्रेतीले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई दिने निर्णयप्रति आपत्ति जनाएका छन् ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा उनको उपन्यास ‘हंस’ लाई दिन लागेको पुरस्कारप्रति उप्रतीले आपत्ती जनाएका हुन् ।
त्यस्तै वर्ष २०७६ को पद्यमश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनिसँगै दिन लागिएको छ । यौन हिंसाको आरोपमा परेका प्रश्रिदसँगै पुरस्कार थाप्न आफ्नो बिमत्ती रहेको उनले जनाएका हुन् ।
प्रश्रितलाई लागेको यौन आरोप अझै रहेकाले आफूले पुरस्कार लिन असहज लागेकाले आयोजकलाई समेत आफ्नो धारणा पठाइसकेको समेत उनले बताए ।
प्राध्यापक समेत रहेका उप्रेती लैंगिक समानताका पक्षमा लेख्दै, बोल्दै र आवाज उठाउँदै आएका छन् ।
त्यस्तै वर्ष २०७६ को पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया