काठमाडौं – गत बुधवार बझाङकी एकजना १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या घटना प्रकरणमा ‘बलात्कारीलाई फाँसीको सजाय’ माग गर्दै माइतीघरमा दुईजना विद्यार्थी प्रदर्शनमा उत्रेका छन्।
‘मलाई माया गर बलात्कार होइन’, ‘बलात्कारीलाई फाँसी दे !’ लगायतका नारा लेखिएको ब्यानरसहित विद्यार्थी पूजा गडेल र दीपा जैसी काठमाडौंको माइतीघरस्थित सडकमा धर्नामा बसेका हुन्।
हजुरबुआ हजुरआमासँगै बसेकी १२ वर्षिया ति बालिकाको शव अर्धनग्न हालतमा शरीरमा चोटपटकसहित मन्दिरमा भेटिएको थियो । बलात्कारपछि ति बालिकाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया